कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ


 कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट छन् ।

उनीहरुको साथबाट एकथान पेस्तोल र म्याग्जिनसहित फेला परेको प्रहरीले जनाएको छ ।वेदकोट नगरपालिका ५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहोराको घरनजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद तीन लाख ९५ हजार र तीनथान मोबाइल लुटी फरार भएका थिए ।

कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट छन् । setikalinews बाट सभार 

 

Comments